Logo
Logo

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते


567
Shares

काठमाडौं । सुनसरीमा खोलाले श्रीमान–श्रीमती चढेको मोटरसाइकल बगाउँदा श्रीमान जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका छन् ।

मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी हुन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल दूधपानी खोला तर्दै गर्दा बगाएको थियो । प्रहरीले बेपत्ता मनिषको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्