Logo
Logo

‘जेन-जी’ पुस्ता आयो भने कसैले रोक्न सक्दैन : गोकुल


2.4k
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले जेन्जि पुस्ता बुझेर आन्दोलनमा उत्रिए कसैले रोक्न नसक्ने बताएका छन । जेन्जि पुस्ताले भ्रष्टाचारको विरोधमा भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरिरहँदा नेता बास्कोटाको यस्तो धारणा आएको हो ।

‘जेन्जि र अल्फा पुस्ता आइसक्यो । तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन ।’

समय सधैँ एक नासको नहुने बताउँदै उनले यसले रङ फेर्ने बताए । ‘मौसम त दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृत्तिसँग किन गुनासो ?,’ उनले भनेका छन्, ‘हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’

सरकारले नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै युवाहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्