Logo
Logo

बौद्धमा युवामाथि खुकरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ


63
Shares

काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार भएको घटनामा तीन जना पक्राउ परेका छन् । गत साउन १२ गते गोकर्णेश्वरी नगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डी क्याफेमा खाजा खाएर निस्किएका युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार भएको थियो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ घर भई गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३३ वर्षीय लोप्साङ बोम्जोन लामा, सोही वडामा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका २६ वर्षीय सुमन तामाङ र ३० वर्षीय कुमार तामाङ छन् । उनीहरुलाई भारतबाट पक्राउ गरिएको बताइएको छ । तर, प्रहरीले उनीहरूलाई अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बाट पक्राउ गरिएको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भइरहेको पनि बताए । ‘के कारणले खुकुरी प्रहार गरिएको भन्नेकुरा अब अनुसन्धान गरेपछि थाहा होला’ एसपी आचार्यले भने, ‘यस सामूहिक घटनामा अझै एक जना पक्राउ पर्न बाँकी छन् ।’

खुकुरी प्रहारबाट काभ्रेको रोशी गाउँपालिका–१० घर भएका घाइते भएका जीतबहादुर मोक्तान घाइते भएका थिए । उनी बौद्धमा बस्दै आएका थिए ।

त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्द खुकुरी प्रहार भएको थियो ।

करिब चार जनाको समूहले मोक्तानको पेट, ढाड र हात लगायत ठाउँमा खुकुरी प्रहार ग¥यो । खुकुरी प्रहारबाट उनी ढलेपछि उक्त समूह त्यहाँबाट फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्