काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा समूहगत छलफलका क्रममा नेताहरूले ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणका विषयमा सुझाव प्रस्तुत गरेका छन् ।

कोशी प्रदेशले यी तीन विषयमा पक्ष र विपक्षमा लगभग बराबर मत व्यक्त गरेको छ । सुदूरपश्चिम प्रदेशले उमेरहद र दुई कार्यकालको सीमालाई उपयुक्त ठहर गरेको छ ।
गैरभौगोलिक प्रदेशले पनि यी विषयमा दुवै पक्षका मतलाई समेटेर सुझाव पेश गरेको छ । तर, नेतृत्वले यी सुझावहरू तत्काल संशोधन नहुने स्पष्ट पारेको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आइतबार समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधान संशोधन प्रस्तावमा आएका सुझावहरू अहिले कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।














