Logo
Logo

सरकारमा बसेकाले जेनजीको आवाज सुनौँ, नत्र पछुताउनुको विकल्प रहन्न: शेखर कोइराला


567
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमै केही गर्छु भन्ने युवाहरू सडकमा उत्रिनु सरकारमा बसेका र उनीहरू बीचको सोचाइको अन्तर भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत कोइरालाले राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने पुस्ताको आजाव सुन्ने हिम्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘उनीहरूको आवाजलाई सुन्ने हिम्मत गरौँ र आफूलाई परिवर्तन गरौँ। नत्र पछि पछुताउनुको विकल्प बाँकी रहन्न,’ उनले भनेका छन्।

सरकारले सामाजिक सञ्जाल फेसबुक, एक्ससहितका विभिन्न कम्पनी नेपालमा सूचीकृत नभएको भन्दै प्रतिबन्ध लगाएको छ। यसैको विरोधमा सोमबार जेनजीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दैछन्। उनीहरूले टिकटकसहितका विभिन्न सञ्जालमा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्