Logo
Logo

जेनजीको प्रदर्शनमा कारागारबाटै रविको ऐक्यबद्धता


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज हुने भनिएको जेनजीको प्रदर्शनमा समर्थन जनाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै जेनजीको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका हुन् ।

सरकारले नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेरसँगै चौतर्फी विरोध भइरहेको छ ।
जेनजी पुस्ताले पनि भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दको विरोध ल गायत विषय उठाउँदै आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला विरोध प्रदर्शन गर्दैछन् ।

सोही प्रदर्शनलाई लामिछानेले कारागारबाटै ऐक्यवद्धता जनाएका हुन् । ‘तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ उनले भनेका छन्, ‘सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ। भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्। तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदै छ। नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्