
काठमाडौं । भ्रष्टाचार, बेथिति र अनियमितता र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आज देशैभर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीमाथि बानेश्वरमा प्रहरीले अश्रुग्यास हानेको हो ।
पछिल्लो समय सरकारले सामाजिक सञ्जालहरु नै बन्द गरेपछि जेनजी आक्रोशित थियो । उनीहरुले योसँगै भ्रष्टाचारविरुद्ध भन्दै सामाजिक सञ्जालबाटै विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।
सो क्रममा शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन बानेश्वर पुग्दा उग्र बन्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन अश्रुग्यास हानिएको प्रहरीले जनाएको छ ।
सो क्रममा माइतीघरबाट गएको टोलीले बानेश्वरको प्रहरीको ब्यारिकेड तोडेर अघि बढेको थियो भने तीनकुनेबाट आएको टोली संसद भवनको गेट छेवैमा पुगेको थियो । संसद् भवनआसपासलाई सरकारले निषेधित क्षेत्र तोकेको छ।











