
काठमाडौं । जेनजी नेपालले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई घर फर्किन आग्रह गरेको छ । प्रदर्शन अशान्तपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट तत्कालै सबैलाई फर्किन आह्वान गरिएको हो ।
जेनजी नेपालले फेसबुकमा भनेको छ, ‘धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । कृपया सबैजना सुरक्षित तरिकाले चाँडो भन्दा चाँडो त्यहाँबाट निस्किनुहोला । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’














