काठमाडौं । देशका विभिन्न भागमा युवाले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले सरकारी वेबसाइटहरू समेत ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन् । ‘जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन् ।
यस्तै पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन् ।














