
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा २ सुरक्षाकर्मी घाइते भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा सशस्त्र प्रहरीका हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् ।
सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।











