काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज काठमाडौंलगायत देशभर जेनजीको प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
यस पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई महत्त्वपूर्ण मानिएको छ । बैठकमा बानेश्वर घटनाबारे छलफल हुन सक्ने जनाइएको छ ।














