
काठमाडौं । आन्दोलनमा उत्रिएका जेनजीले मानव अधिकार आयोगको गाडी जलाएका छन् ।
भ्रष्टाचार, बेथिती र अनियमितताविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले नयाँ बानेश्ररस्थित एभरेस्ट हस्पिटल अगाडि आयोगको गाडीमा आगजनी गरेका हुन् ।
सरकारविरुद्ध सडकमा उत्रिएपछि आक्रोशित जेनजीहरुका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।














