Logo
Logo

जेनजी आन्दोलन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन-जी प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार काठमाडौंमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहार र लाठीचार्जबाट धेरै प्रदर्शनकारी घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: kathamandu.gif

घाइतेहरूलाई मुख्य रूपमा बानेश्वरको सिभिल अस्पताल र महाकालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । तर, अस्पतालमा घाइतेको सङ्ख्या बढ्दा बेड अभावले उपचारमा कठिनाइ भएको अस्पतालले जनाएको छ । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी टोलीले घाइतेको उद्धार र सहयोगका लागि अस्पतालमा खटिएको बताए । बेड अभाव भएमा घाइतेहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न नगर प्रहरीले सहजीकरण गर्ने गरीरहेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले माइतीघर, बानेश्वर र तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रशासनले बानेश्वर, मध्यबानेश्वर, माइतीघर र शंखमुख क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि जेन-जी युवाहरूले अवज्ञा गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । महानगरपालिकाले घाइतेको उपचार र उद्धारमा सक्रिय सहयोग पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्