काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले प्रदर्शन गरेका थिए ।
काठमाडौंमा भएको प्रदर्शन हिंसात्मक बन्दा १४ जनाको ज्यान गएको छ । प्रदर्शनमा सयौँ घाइते भएका छन् ।














