काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनमाथि भएको दमनको निन्दा गरेको छ । सचिव रमणकुमार कर्णद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले राज्य प्रशासनको निरङ्कुश चरित्र उदांगिएको उल्लेख छ ।

‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनको शक्ति प्रदर्शन, सुरक्षाकर्मीबाट चलाइएको गोलीका कारण प्रदर्शनकारी घाइते भएको र नागरिकको मृत्युसम्म भएको घटनाप्रति बारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च बारले विरोध गर्नु नागरिकको सार्वभौम अधिकार भएको जनाउँदै स्थिति जटिल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन आग्रह गरेको छ ।














