Logo
Logo

जेनजी आन्दोलन : पोखरामा मुख्यमन्त्री कार्यालय तोडफोड


63
Shares

काठमाडौं । पोखरामा जेन-जी प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । रत्नचोक र सहिदचोकबीच रहेको मुख्यमन्त्री कार्यालयमा पुगेका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी झ्यालका सिसा फुटाएका छन् ।

The current image has no alternative text. The file name is: pokar-a.jpg

काठमाडौंमा प्रहरीको गोली प्रहारबाट केही युवाको मृत्यु भएको खबरले आक्रोशित बनेका जेन९जी प्रदर्शनकारीहरूले यो आक्रमण गरेको बताइएको छ । प्रदर्शन चर्किएपछि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । सयौँ सेल अश्रुग्यास र रबरको गोली प्रयोग भएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा जारी भएपछि प्रदर्शनकारीहरू विस्तारै तितरबितर भएका छन्, तर केही ठाउँमा प्रदर्शन अझै जारी छ । यसैबीच, प्रदर्शनकारीहरूले गण्डकी प्रदेश उद्योग तथा वन मन्त्रालयको बा.२ झ.४२२ नम्बरको गाडी तोडफोड गरेका छन् । गाडीको अग्रभाग र बीचको भाग क्षतिग्रस्त भई गाडी चल्न नसक्ने भएको छ ।

साथै, नजिकैको एलपी ग्यास बोकेको ट्रकको चाबी खोसिएपछि दुवै गाडी सडकमा अलपत्र परेका छन् । यसले रत्नचोक र मुख्यमन्त्री कार्यालय जाने बाटो अवरुद्ध भएको छ । स्थिति तनावपूर्ण रहे पनि प्रहरीले थप कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्