Logo
Logo

बानेश्वर क्षेत्रको सडक सेनाको नियन्त्रणमा


63
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सेनाले संसद् भवन वरिपरिका सम्पूर्ण सडक क्षेत्र आफ्नो कब्जामा लिएको जनाएको छ ।

The current image has no alternative text. The file name is: sadk.gif

आज दिउँसो जेन-जी प्रदर्शन उग्र भएपछि प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेका थिए । तर, अपराह्नमा नेपाली सेनाले ती क्षेत्रलाई नियन्त्रणमा लिएको हो । हाल प्रदर्शनकारीहरू बानेश्वर र बिजुली बजारबीचको क्षेत्रमा छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार प्रदर्शनकारीहरू अझै पूर्ण रूपमा तितरबितर भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्