Logo
Logo

बानेश्वरक्षेत्रमा अझैपनि तनाव


882
Shares

काठमाडौं । अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव भने साम्य भैसकेको छैन ।

The current image has no alternative text. The file name is: andolann.gif

बानेश्वरबाट विभिन्न क्षेत्रतर्फ जाने चोकमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने आगजनी पनि गरिरहेका छन् । त्यस्तै, ठूलो सङ्ख्यामा तैनाथ भएका प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रु ग्यास प्रहार गरिरहेको छ भने बाटोमा हिँड्ने सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ ।

बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागी ३ जना घाइते भएका छन् । २ जना घाइतेलाई एभरेस्ट अस्पतालमा लगिएको छ भने १ जना एम्बुलेन्समा पठाइँदै छ ।  केहीबेरअघि त्यो क्षेत्र सेनाले नियन्त्रणमा लिएको थियो । गल्लीगल्लीमा पसेर पनि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो ।

प्रतिक्रिया दिनुहोस्