Logo
Logo

जेनजी प्रदर्शन : ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो


126
Shares

काठमाडौं । देशभरको जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ ।  काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो ।

The current image has no alternative text. The file name is: andolann.gif

दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ । जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।  

जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।  

जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये १८ जना तथा इटहरीमा २ सहित अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् । 

ट्रमा सेन्टरमा ज्यान गुमाएका ८ मध्ये ६ को पहिचान खुल्यो

जेन जी प्रदर्शनका क्रममा भएको प्रहरी दमनबाट ज्यान गुमाएकामध्ये ६ जनाको परिचय खुलेको छ । परिचय खुल्नेमध्ये पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गुमाएका ८ मध्ये ६ जना छन् ।  

ठेगाना खुलेका १९ वर्षका श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठाउँ खुलेका २८ वर्षका गौरव जोशी, २४ वर्षका सौरभ कटुवाल, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वरबहादुर अधिकारी छन् ।  

प्रतिक्रिया दिनुहोस्