Logo
Logo

गृहमन्त्री लेखकले दिए राजीनामा


1.8k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

The current image has no alternative text. The file name is: ramesh-lekhak-4.jpg

आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने निर्णय गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका छन् । लेखकले राजीनामाअघि पार्टी बैठकमा नैतिकताका आधारमा पदमा नबस्ने बताएका थिए । 

प्रदर्शनका क्रममा भएको हिंसा र जनधनको क्षतिप्रति उनले गहिरो दुख व्यक्त गर्दै गृहमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीले लेखकको राजीनामा स्वीकार गर्ने वा नगर्ने  भन्ने विषय भने बाँकी नै छ । । यद्यपि, यो घटनाले सरकारमाथि थप दबाब बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्