Logo
Logo

जेनजीलाई दुरुपयोग गरेर हिंसा भड्काइयो : प्रधानमन्त्री ओली 


6.2k
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन् । बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए ।

The current image has no alternative text. The file name is: oli-1.gif

प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो । प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो । समितिले १५ दिनभित्र  घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्