Logo
Logo

सामाजिक सञ्जाल नखोलेपछि ओलीलाई भेट्न बालुवाटार पुगे देउवा


7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जेनजी प्रदर्शनकारीमाथि सरकारको दमन र मानवीय क्षतिको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

The current image has no alternative text. The file name is: Oli-deuwa.gif

देउवाले यसअघि फोनमार्फत प्रधानमन्त्री ओलीलाई गत बिहीबारदेखि बन्द गरिएको सामाजिक सञ्जाल तत्काल खोल्न आग्रह गरेका थिए । उनले सोमबार बेलुकादेखि बन्द भएका सबै सञ्जाल खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गर्न भनेका थिए।

तर, त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले यस विषयमा कुनै निर्णय गरेन । यही विषयलाई लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् बैठकमा तीव्र विवाद भएको थियो ।

अहिले बालुवाटारमा मन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेताहरूको सहभागितामा छलफल भइरहेको छ । नेपाली कांग्रेसको सोमबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जेनजी प्रदर्शनमा भएको क्षतिको समीक्षा गरेको थियो । यसैबीच, गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने बताएका थिए र उनले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्