Logo
Logo

घनश्याम भुषालद्वारा प्रचण्डका घरबेटीलाई कारबाही, १० करोड धरौटी जफत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ भदौ ।
समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ ।


मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो । शैलुङ नेकपाका अध्यग प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो ।
कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् । प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो । उनीहरुको ५–५ करोड धरौटी जफत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।

ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै पावरका आधारमा व्यवसाय गर्दै आएको आरोप लाग्दै आएको छ ।
अर्का ठेकदार हुमनाथ कोइराला नेपाली कांग्रेसमा आबद्ध ठेकदार हुन् ।

कृषि मन्त्रालयले नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ ।

उता नेकपाका अध्यक्ष प्रचण्डले घरेबटीको ठेक्कासँग आफ्नो कुनै साइनो नभएको प्रष्ट पारेका छन् । जनता टेलिभिजनसँगको अन्तर्वातामा उनले आफु डेरा पनि सर्ने तयारीमा रहेको खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्