Logo
Logo

सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० पुग्यो


441
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको हो ।

यसअघि बिहीबार २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको सुन आज तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्