मकवानपुर । मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार भएका ४४० जना कैदीबन्दीमध्ये १२३ जनालाई पक्राउ गरिएको छ । कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दीमध्ये भदौ २५ गते ४४० जना भागेका थिए ।

फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिए । उनका अनुसार अझै ३१७ जना कैदीबन्दी फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।
हाल कारागारमा जम्मा ७९७ जना कैदीबन्दी रहेका छन् । जसमा अन्य कारागारबाट फरार भई पक्राउ परेका ४८ जना समेत समावेश छन् ।














