
काठमाडौं । काठमाडौंका सडकमा तैनाथ सेना हटाइएको छ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै सेना फिर्ता भएको हो ।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएर केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै देशको अवस्थालाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । तर, शुक्रबार रातिबाट नयाँ राजनीतिक विकाससँगै अवस्था सामान्य भएपछि अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका हुन् ।
सेनाले आन्दोलनका क्रममा विभिन्न स्थानमा राखिएका ब्यारिकेडहरू हटाएर सडक खुला गरेको छ । यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य बन्दै गएको छ । ट्राफिक प्रहरीहरू सडकमा खटिएका छन् भने उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ ।











