
काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा मुद्दा हाल्ने र फैसला गर्नेहरूले नै अहिले प्रतिनिधिसभा भंग गराएको भनी कटाक्ष पनि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ।’
जेनजी आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ अन्तरिम सरकार प्रमुख नियुक्त गरेका छन् ।
साथै प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरेका छन् ।
एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहँदा दुई–दुईपटक संसद् विघटन गरेका थिए । पहिलोपटक २०७७ पुस ५ मा संसद् भंग गर्दा सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए ।














