काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कार्कीको नियुक्तिलाई ऐतिहासिक र गौरवमय क्षणका रूपमा उल्लेख गरेकी हुन् ।

डंगोलले आफ्नो बधाई सन्देशमा लेखेकी छन्, ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । यो तपाईँका लागि मात्र ऐतिहासिक क्षण होइन, बदलाको भावनाभन्दा माथि उठेर मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो ।’
उनले नवनियुक्त प्रधानमन्त्री कार्कीप्रति सम्पूर्ण महिला र नयाँ पुस्ताको ठूलो आशा रहेको उल्लेख गर्दै भनेकी छन्, ‘नयाँ पुस्ताको आकांक्षा र सहिदहरूको बलिदानलाई सम्मान गर्दै द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता र निराशाको अन्त्य गरी आशाको सञ्चार गर्ने विश्वास हामीमा छ।’














