Logo
Logo

भौतिक रूपमा उपस्थित भएर बीमाको काम गर्न प्राधिकरणको निर्देशन


252
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । जेनजी आन्दोलनले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएपछि प्राधिकरणले भौतिक रुपमै उपस्थित भएर कार्यालय सञ्चालन गर्न भनेको हो ।

सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतदेखि पूर्ण रूपमा भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई सञ्चालन गर्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको हो ।

प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्