Logo
Logo

आज कुन-कुन जिल्लामा छ बाढीको जोखिम ?


441
Shares

काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै झापा, मोरङ, सुनसरी, सप्तरी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी दिएको हो ।

त्यसैगरी इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, बाँके, बर्दिया, डडेल्धुरा र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्