Logo
Logo

जेनजी प्रर्दशन : मृतकका परिवार काठमाडौंमा बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने


819
Shares

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने भएका छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीलेखर्च ब्यहोर्ने निर्णय गरेकी हुन् ।

The current image has no alternative text. The file name is: sushila-karki-2.jpg

साथै, सरकारले मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने भएको छ ।

‘अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् ।

‘पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं,’ उनले भनिनन्। निजी क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर कोशिस भइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्