Logo
Logo

नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना पक्राउ 


20.6k
Shares

काठमाडौं । कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

The current image has no alternative text. The file name is: naresh.gif

प्रहरीले खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्तलाई पक्राउ गरेका हो । उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ । 

शनिवार कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए ।

आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गरेका थिए । केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए ।

‘मलाई सोसल अत्याचार भयो । म मर्दै छु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो । मलाई नाङ्गै बनाएर दौडायो, गाइज ।’ पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्