काठमाडौं। रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जेनजी प्रदर्शनका क्रममा आगलागी भएर नष्ट भएपछि मन्त्रालय अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एन्एचआरसी को नयाँ भवनबाट सञ्चालनमा आउने भएको छ।

आगलागीले मन्त्रालयको भवन, फर्निचर, कम्प्युटर, कागजात र सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार हाल सो भवनबाट नियमित काम सुरु गरिनेछ र पछि सिंहदरबार सर्ने योजना छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ भने हाल वीर अस्पतालको एक भवनबाट सञ्चालन भइरहेको छ।














