Logo
Logo

चितवन निकुञ्जमा जिप सफारीको तयारी, सडक मर्मत तीव्र


252
Shares

चितवन। चितवन राष्ट्रिय निकुञ्जले विजयादशमी अघि जिप सफारी सञ्चालनमा ल्याउने लक्ष्यसहित ९० किलोमिटर पर्यटकीय सडक र पुल मर्मतको काम तीव्र बनाएको छ।

साथै, सडक आसपासको झाडी पन्छ्याउने कार्य पनि भइरहेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सौराहादेखि कुजौली घाटसम्मको सफारी मार्ग मर्मत भइरहेको हो। असार १६ गतेदेखि बन्द गरिएको सफारी चाडपर्व लक्षित गर्दै पुनः खोल्ने तयारी गरिएको छ।

सफारीमार्गबाट पर्यटकले दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ लगायतका वन्यजन्तु अवलोकन गर्न पाउनेछन्। चितवन र नवलपरासीका लागि यो प्रमुख पर्यटकीय आकर्षण हो।

प्रतिक्रिया दिनुहोस्