Logo
Logo

माओवादीसँग एकता गर्न विप्लव नेतृत्वको नेकपाले बनायो वार्ता टोली


5k
Shares

काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।  केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।

The current image has no alternative text. The file name is: biplop.gif

वार्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । 

साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्