Logo
Logo

आगजनीमा कार्यकर्तालाई कारबाही होस् : माओवादी 


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले  जेनजी प्रर्दशनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी,तोडफोड वा लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारबाही गरिने जनाएको छ । 

The current image has no alternative text. The file name is: madhab-sapkota.gif

उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनी आग्रह गरेका छन् ।

सापकोटाले आफ्नै नेताहरूको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्