Logo
Logo

महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त


1.9k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

The current image has no alternative text. The file name is: sabita-bhanadari-baral.jpg

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको हो । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए ।

यो सँगै मुलुकले पहिलो पटक महिला महान्याधिवक्ता पाएको छ । यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थियो ।

प्रतिक्रिया दिनुहोस्