Logo
Logo

अरु मन्त्रालय भन्दा खेलकुद मन्त्रालयमा कम क्षति


63
Shares

काठमाडौँ। हालैको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सामान्य मात्र क्षति पुगेको छ, जसका कारण मन्त्रालयको कार्यालय सञ्चालनमा खासै अवरोध देखिएको छैन।

सहसचिव सुवास शिवाकोटीका अनुसार मन्त्रालयका भवनमा सिसा फुटेको र केही पर्दा जलेको भए पनि अन्य भौतिक संरचनामा क्षति पुगेको छैन। मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र सचिवको कोठाको सिसा फुटेको छ भने आगलागीका कारण भवनको केही भागमा कालो पोतो बसेको छ।

मन्त्रालयका २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा थिए, जसमा केहीमा क्षति पुगेको र दुई वटा गाडी मन्त्री आवासस्थल भैँसेपाटीमा जलेको जानकारी गराइएको छ। सवारीसाधनमा भएको क्षतिको बीमा दाबीका लागि प्रारम्भिक विवरण तयार पार्ने काम सुरु गरिएको छ।

कागजी अभिलेख सुरक्षित रहेकाले सेवा प्रवाहमा समस्या नरहेको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयका सचिव, सहसचिव र अन्य कर्मचारी स्वतःस्फूर्त रूपमा कार्यालय आएका छन् भने सरसफाइ र मुचुल्का संकलनको काम पनि सुरु गरिएको छ।

मातहतका कार्यालयहरूमा पनि ठूला क्षति नभएको र नियमित काम प्रारम्भ भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्