Logo
Logo

पूर्व विश्व बक्सिङ च्याम्पियन रिक्की ह्याटन मृत भेटिए


756
Shares

एजेन्सी । ब्रिटिश बक्सर तथा पूर्व विश्व च्याम्पियन रिक्की ह्याटनको निधन भएको छ । ४६ वर्षीय ह्याटन आइतवार बिहान ६ः४५ बजे टेमसाइडको हाइडस्थित बौलाकर रोडमा मृत अवस्थामा फेला परेका थिए ।

उनको मृत्युको कारणबारे हालसम्म सार्वजनिक गरिएको छैन । ‘द हिटम्यान’ उपनामले परिचित ह्याटनले आफ्नो करिअरमा लाइट–वेल्टरवेट र वेल्टरवेट दुवै तौल वर्गमा विश्व उपाधि जितेका थिए ।

उनले फ्लोयड मेवेदर जूनियर, म्यान्नी प्याकियाओ र कोस्ट्या टस्युजस्ता दिग्गजसँग प्रतिस्पर्धा गरेका थिए । मेवेदरसँग २००७ मा पराजित हुनुअघि ४३ जित र शून्य हारको रेकर्ड कायम गरेका उनले २०१२ मा ४५ जित र ३ हारसहित संन्यास घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्