Logo
Logo

नेसपाले बोलायो केन्द्रीय समितिको विशेष बैठक


1.5k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।

जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न बैठक बोलाइएको प्रवक्ता कृष्ण शर्माले बताए ।

बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्