
काठमाडौं । संघीय संसद सचिवालयले संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो ।
सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू चोरी भएको भन्दै फिर्ता गर्न आग्रह गरेको हो ।
ती सामान आफूसँग भए फिर्ता गर्न र सामान रहेको स्थान तथा व्यक्तिको नाम, ठेगाना, जानकारी तथा सामानहरू लुटेर लगेको भिडिओ भए उपलब्ध गराएर सहयोग गर्न पनि सचिवालयले आग्रह गरेको छ ।















