Logo
Logo

विद्युत् प्राधिकरणबाट निकालिएका कुलमान ५ महिनामै बने ऊर्जामन्त्री


756
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएको पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन् ।

जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । उनलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी घिसिङको काँधमा आइपुगेको छ ।

गएको चैत ११ गते तत्कालीन उर्जामन्त्री दिपक खड्काको सिफारिसमा केपी ओली नेतृत्वको सरकारले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको थियो । प्राधिकरणबाट बर्खास्तमा परेको ५ महिनामै उनी सोही विभाग हेर्ने मन्त्रालयको मन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्