Logo
Logo

बैंकका शाखामा आगजनी र तोडफोड


756
Shares

काठमाडौं । नयाँ पुस्ता (जेनजी)को प्रदर्शन र त्यसपछिको हिंसाका कारण बन्द हुन पुगेका बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा जारी कफ्र्यु हटेसँगै कार्यालय सञ्चालनमा ल्याएका छन् ।

यसबीचमा काठमाडौं उपत्यकामा केही सिमित शाखा कार्यालय सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले डिजिटल सेवाा दिएका थिए । हिंसा भड्एिको दिन भदौ २४ मा त बैंकहरू बन्द नै गरिएको थियो ।
त्यसपछि नेपाल राष्ट्र बैंकको निर्देशन समेतको आधारमा बिहीबार सिमित शाखाहरु मार्फत सेवा सुरु गरिएको थियो ।

भदौ २४ गते हिंसा भड्किँदा बैंकहरूको ६० वटा भन्दा बढी शाखामा क्षति पुगेको नेपाल बैंकर संघले जनाएको थियो । यद्यपी क्षतिको विवरण भने आइनसकेको बैंकहरूले बताएका छन् ।

तोडफोड र आगजनीमा केही बैंकका कार्यालयहरुमा पनि क्षति भएको र धेरै एटीएमहरु तोडफोड भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बनेश्वर शाखा तोडफोड गरी बैंकको भल्टमा प्रवेश गर्ने कोसिस भएको थियो । तर, मंगलबार राति बैंककमा तोडफोडमा संलग्नहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । बैंकको शाखामा भौतिक क्षति भएपछि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति पुगेको छैन ।

त्यस्तै मारवाडी सेवा समितिको बत्तिसपुतलीमा रहेको भवन प्रदर्शनकारीले जलाएपछि सोही भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पनि जनाएका थिए । त्यसबाट शाखा कार्यालय पूर्ण रुपमा जलेको छ ।

यस्तै विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट प्रर्शनकारीले जलाउँदा उक्त स्थानमा रहेका बैंकको एटीएमहरुमा क्षति पुगेको छ ।

भाटभटेनीको चितवनस्थित भरतपुर र मोरङको विराटनगर स्टोर भएको स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि शाखा कार्यालय रहेकोमा यी २ वटा शाखा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । यद्यपि, बैंकको भल्ट सुरक्षित रहेकोले नगद भने सुरक्षित नै रहेको बताइएको छ ।

थापाथलीमा रहेको सेन्ट्रल विजेनस पार्क पुर्ण रुपमा जलेको छ । जसले गर्दा उक्त टावरमा रहेको ग्लोबल आईमई बैंकको शाखा कार्यालय पनि पुर्ण रुपमा क्षति पुगेको छ । बैंकको भल्ट आगलागीबाट सुरक्षित हुने भएकोले भल्टमा भएको नगद सुरक्षित हुन्छ । तर, भौतिक संरचनमा भने क्षति पुगेको छ ।

यसबाहेक अन्य ठाउँमा पनि बैंक तथा वित्तीय संस्थामा तोडफोड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्