Logo
Logo

कृषिका सरुवामा कोइरालाको चलखेल, खाद्यका विवादित डीजीले रमाना बुझे


1.1k
Shares

काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशकमा मतिना बैद्य फर्किएकी छन् । उनलाई अघिल्ला कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीलाई जानुअघि महानिर्देशकमा पठाएका हुन् । दुई पटक प्रदेशमा सरुवा हुँदा पनि बिभाग नछाडेका अघिल्ला महानिर्देशक संजीवकुमार कर्ण पछिल्लो बिकसित घटनाक्रमपछि रमाना लिएर कर्णाली प्रदेशतिर लागेका छन् ।

उनलाई अघिल्लो सरकारले कर्णाली प्रदेशको प्रदेश सचिवमा सरुवा गरेको थियो । पछिल्लो विकसित घटनाक्रमपछि कर्मचारीहरुमा त्रास देखिएको छ ।

त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले सरुवा भएको १ महिना बितिसक्दा पनि रमाना नलिई कब्जा जमाएर बसेका छन् ।

सामान्य प्रशासनको प्रस्तावमा सहसचिवहरुको सरुवा भएको १ महिना बित्न लाग्दा समेत खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक संजीवकुमार कर्ण अटेर गरी खटाएको ठाउँमा गएका थिएनन् । उनको गएको साउन अन्तिममा कर्णाली प्रदेशको प्रदेश सचिवमा सरुवा भएको थियो । तर उनले रमाना नबुझी अटेर गरी बसेका थिए ।

बिभागमा महानिर्देशककै रुपमा उनले काम गरिरहेका थिए । सामान्यबाट सरुवा भएको उनको पत्र कृषि मन्त्रालयमा पुगे पनि कर्मचारी प्रशासन महाशाखाका प्रमुख यज्ञराज कोइरालाले घर्राभित्र लुकाएर राखेका थिए ।

७ महिनाअघि पनि २०८१ फागुन ११ गते कर्णाली प्रदेशमै सरुवा भएका कर्णले २ महिनासम्म खटाएको ठाउँमा नगई थमौती गरेका थिए । त्यसबेला पनि सहसचिव कोइरालाले नै उनको रमानापत्र लुकाएको आरोप लागेको थियो ।

गुणस्तरहीन प्रयोगशाला भ्यान खरिदमा २५ करोड भ्रष्टाचारमा मुछिएका र चलखेलका आधारमा मुद्दा जितेका कर्ण कृषि मन्त्री रामनाथ अधिकारीलाई भेटी बुझाएरै खाद्य प्रविधि बिभागमा दोस्रो पटक महानिर्देशक भएका थिए । उनीसँगै सरुवा भएका सबै सहसचिवहरू कार्यक्षेत्रमा गएका थिए ।

कृषि मन्त्रालयमा प्रशासन महाशाखाका प्रमुख(सहसचिव) यज्ञराज कोइराला केही समयभित्रै अवकाशमा जान लागेपछि जथाभावी लाभका आधारमा निर्णय गरिरहेका छन् । उपसचिव मेघराज पन्त र कोइरालाको मिलेमतोमा कृषि तथा पशुपंक्षी मन्त्रालयभित्र दर्जनौं कर्मचारीहरुको सरुवा लेनदेनका आधारमा गरिएको छ । निवर्तमान कृषिमन्त्री रामनाथ अधिकारीको सोझोपनको फाइदा उठाउँदै कोइराला र पन्तले सरुवामा दररेट तय गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्