काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा डेडिकेटेड र ट्रक लाइनतर्फको विद्युत महशुल तिराउन निकै बल गरे । उनले महशुल नतिर्ने उद्योगको लाइन पनि काटे । त्यसपछि केहीले महशुल पनि तिरे । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काले उद्योगको पक्षमा अडान लिए ।

कुलमान पछि हटेनन् । अन्तमा उनलाई अन्यायपूर्वकक पदबाट हटाउने निर्णय गरियो । अहिले उनै कुलमान ऊर्जामन्त्री बनेका छन् । अब उनले कसरी महशुल नतिर्ने उद्योगलाई तिर्न बाध्य पार्छन् ? दीपक खड्का र हितेन्द्रदेवको लुटलाई कसरी छानबिन गर्छन् प्रतिक्षाको विषय बनेको छ ।
गत वर्षको महालेखा परीक्षकको प्रतिवेदन अनुसार डेडिकेटेड र ट्रंकलाइनतर्फको ६२ उद्योग व्यवसायले २१ अर्ब ८८ करोड महसुल तिरेका थिएनन् । केहीले यो वर्ष महसुल तिरेकाले त्यो संख्या र रकम घटेको छ । तर, अझै पनि अधिकांश उद्योगले तिरेका छैनन् ।
विद्युत महशुल नतिर्ने शंकर समूहका साहिल र सुलभ अग्रवाल त कुलमानविरुद्ध हात धोएर लागे । उनीहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर कुलमानको पद नै धरापमा पारेका थिए । लाइन काट्दा उल्टै राजनीतिक दबाबमा जोड्न लगाए ।
तत्कालीन मन्त्रिपरिषद्ले लाइन जोड्ने निर्णय नै गराएको थियो । कुलामनले किस्तावापत् तिर्ने सहुलियत पनि दिएका थिए । त्यसपछि केही उद्योग तिर्न अघि सरे । तर, सुलभ र साहिल अग्रवालले तिर्न जानेहरुलाई पनि उक्साएर रोके । उनीहरु कुलमानविरुद्ध योजनावद्ध तरिकाले लागे । सरकारलाई नै प्रावित पारे । अब त्यस्ता उद्योगीप्रति कुलमान कडा हुने आशा गरिएको छ । कुलमानको कदम कठोर हुने अपेक्षा गरिएको छ । ऊर्जामन्त्री भएलगत्तै कुलमानसामु उद्योगीलाई महशुल तिर्न वाध्य पार्ने चुनौती छ । यसका लागि उनी कसरी प्रक्रियामा जान्छन् चासो बनेको छ ।
सडकवत्तीतर्फ पनि विद्युत महशुल तिरिएको छैन । नतिर्नेमा काठमाडौं महानगरपालिका सबैभन्दा अगाडि छ । जनताले केही महिना विद्युत महशुल नतिर्नेवित्तिकै लाइन काटिन्छ । तर, शक्ति र पहुँचका कारण ठूला उद्योगव्यवसाय महशुल नतिरी बसेका छन् । त्यसतर्फ कुलमानले चाल्ने कदमलाई चासोका साथ हेरिएको छ ।
कुलमानको पालामा क कस्ले ठेक्का पाए र त्यस्तो ठेक्का पाएका कम्पनीले क–कसलाई पेटी ठेक्का दिएका थिए भन्ने चासो पनि उत्तिकै छ । अब कुलमानको पालामा विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशक रहेका हितेन्द्रदेव शाक्यको भविष्यबारे पनि चासो छ । उनलाई हटाइन्छ या निरन्तरता दिइन्छ ? हितेन्द्रदेवले कुलमानको पालामा भएका ठेक्कापट्टाबारे धेरै तथ्य पत्ता लगाएका छन् । यसकारण पनि हितेन्द्र तारोमा छन् । ऊर्जामन्त्री कुलमान बनेपछि हितेन्द्रको जागिर मात्र धरापमा परेको छैन । यी दुईको टकरावले धेरै तथ्यहरु उजागर हुने पनि देखिएको छ ।











