Logo
Logo

यी टोली विश्वकप ग्लोबल छनोट खेल्न नेपाल आउँदै 


1.2k
Shares

काठमाडौं । आगामी वर्ष नेपालमा हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।

The current image has no alternative text. The file name is: cricket-1.gif

सोमबार पूर्वी एसिया प्रशान्त छनोट जितेर पपुवा न्यु गिनीले प्रतियोगिताको अन्तिम स्थान हासिल गरेपछि अर्को वर्ष हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको हो । 

जसमा आयोजक राष्ट्र  नेपाल र थाइल्यान्ड एसियाबाट छन्, भने यूरोपेली मुलुकबाट  नेदरल्यान्डस् र आइरल्यान्ड रहेका छन् । त्यस्तै, अफ्रिकाबाट नामिबिया र जिम्बाबे रहेका छन् ।

अमेरिकाबाट संयुक्त राज्य अमेरिका (युएस) रहेका छ भने इस्ट एसिया प्यासिफिबाट पपुवा न्यूगिनी रहेको छ । गत वर्ष विश्वकप खेलेको आधारमा बंगालदेश र स्कटल्यान्डले भने सोझै ग्लोब छनोटमा स्थान पाएको हो । ग्लोबल छनोट खेल्ने १० वटा टोलीहरू रहेका छन् । नेपालले आगामी जनवरी १२ देखि फ्रेबअरी ५ सम्म प्रतियोगिताको आयोजना गर्ने  छ ।

प्रतिक्रिया दिनुहोस्