काठमाडौं । अलराउन्डर आदिल अन्सारी र ब्याटर सन्दीप जोराले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले संयुक्त अरब इमिरेट्स (युएई)मा वेस्ट इन्डिजसँग हुने युनिटी कप टी-२०आई प्रतियोगिताका लागि घवषणा गरेको १६ सदस्यीय टोलीमा यी दुई पनि अटाएका हुन् ।

स्पट फिक्सिङको आरोपमा लागेपछि आदिलले सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जोरा भने गत वर्ष सम्पन्न टी-२० विश्वकपपछि टोलीमा फर्किएका हुन् ।
दुवैले भारतको आसाममा भएको ५ खेलको टी-२० सिरिजमा नेपाल ‘ए’ बाट राम्रो प्रदर्शन गरेका थिए । सिरिजका खेल २९,२९ र ३० सेप्टेम्बरमा युएईको सरजाह क्रिकेट मैदानमा हुनेछ ।
नेपालले आइसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो । नेपाली टोलीको टप अडर र फिनिसिङ पछिल्लो समयमा निकै खराब रहेको छ । पटकपटक सबैलाई राखेर भरपर्दो खेलाडीको खोजिमा नेपालको प्रमुख टोली रहेको छ ।
यी दुई खेलाडी मध्ये आदिल फिनिसरको रुपमा टोलीमा समिटिएका हुन् । उनमा हार्ड हिटिङ गर्ने अतभुत क्षमता रहेको छ । उनले भारतको असाम विरुद्धको खेलमा पनि राम्रो फिनिसिङ गरेर नेपाललाई खेल जिताउन महत्वपूर्ण रोल निभाएका थिए ।
जोरा पनि टोलीमा पहिले देखी खेल्दै आएका खेलाडी हुन् ।
उनी मध्यम क्रमका भरपर्दा ब्याटर हुन् । उनी लय गुमाउँदा पछिल्लो समय टोली अटाउन सकेका थिएनन् । असाम विरुद्धको खेलमा राम्रो प्रदर्शन गरेसँगै उनी टोलीमा अटाएका हुन् । उनमा पनि प्रेसरको समयमा समालिएर खेल्न सक्ने र ठुला सट खेल्न सक्ने क्षमता रहेको छ ।











