Logo
Logo

असोजका लागि ९ बैंकले ब्याजदर घटाउँदा २ बैंकले बढाए


2.1k
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । भदौ महिनाका लागि विभिन्न ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले साउनको तुलनामा असोजमा ब्याजदर घटाएका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनको तुलनामा असोजमा ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने असोजमा ब्याजदर स्थिर राखेका छन् ।

बैंकहरु२०८२ असार२०८२ साउन२०८२ भदौ२०८२ असोज
नबिल५.७५५.५५.५५.५
नेपाल इन्भेष्टमेन्ट मेगा५.५५.२५५.२५५.२५
माछापुच्छ्रे६६६६
हिमालयन६.२५६६६
नेपाल एसबिआई५.५५.३५५.२५५.१८
एभरेष्ट६.५५६.२५५.७५५.२५
एनआईसी एसिया६.५५६.२५६.२५६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२६५.१३५.१८
लक्ष्मी सनराइज५.७५५.५५५.२५
कुमारी५.५१५.४१५.२१५.०१
सिद्धार्थ५.७५५.७५५.५५.५
सानिमा६.३३६.१८५.७५५.२५
एनएमबि६६६६
प्रभु६.१५.३५५.३५५.३५
ग्लोबल आइएमई६६६६
सिटिजन५.६५५.५५.५५.२५
प्राइम कमर्सियल६.२५६६५.५
कृषि विकास५.४५५.४५.२५.०५
नेपाल बैंक५.४५५.४५.४५.२५
राष्ट्रिय वाणिज्य बैंक६५.५५.५५.५

प्रतिक्रिया दिनुहोस्