Logo
Logo

सुनको मूल्य तोलाकै २ लाख १७ हजार नाघ्यो


252
Shares


काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ । एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर सुन प्रतितोला लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो । सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्