Logo
Logo

विद्रोहको तयारीमा एमाले कार्यकर्ता


4k
Shares

काठमाडौं । जेन–जी आन्दोलनपछि एमालेभित्र ठूलो विद्रोहको तयारी भएको छ । एमालेका नेता कार्यकर्ताहरुलाई अध्यक्ष केपी ओलीदेखि महासचिव शंकर पोखरेलसम्मलाई पार्टीबाट राजिनामा दिन दबाब दिदै विद्रोहको तयारी गरेका छन् ।

एमालेमा केपी ओलीलाई बोकेर हिड्ने माथिल्लो पुस्ताले विदा नलिएसम्म पार्टी चलायमान नहुने भन्दै कार्यकर्ताहरुले विद्रोहको शुरुवात गर्ने भएका छन् । विभिन्न सामाजिक सञ्जालहरुमा उनीहरुले पार्टीका उपल्लोतहका नेताहरुलाई विश्राम लिन आग्रह गरिरहेका छन् ।

खासगरी पछिल्लो कठिन परिस्थितिमा पनि महासचिव शंकर पोखरेलले आफ्नो गुटिया विष्णु रिमाल, प्रदीप ज्ञावाली तथा भानुभक्त ढकालसँग मात्रै छलफल गरी अघि बढ्न खोजेको भन्दै आक्रोस पोखेका छन् ।

विद्या भण्डारीसँग लागेका नेताहरुले पनि पार्टी पुर्नगठनका लागि आवाज उठाएका छन् । योगेश भट्टराईले पार्टी पुर्नगठन गर्ने बताइसकेका छन् । ठाकुर गैरे, यज्ञराज सुनुवार, झपट रावललगायतका नेताहरुले पनि यो कदमलाई साथ दिने बताएका छन् ।

मुलुकका आएको राजनीतिक उथलपुथलकै क्रममा नेकपा एमालेमा पार्टी पुनर्गठनको बहस सुरु भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता र अकर्मण्यताकै कारण पार्टीको साख धुलिसात् भएको निष्कर्षसहित तेस्रो पुस्ताका युवा नेताहरूले पार्टी पुनर्जीवन र पुनर्गठन बहस थालेका हुन् ।

दोस्रो र तेस्रो तहका र ओली इतरका नेताहरूले पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अघि सार्दै पुनर्जीवन अभियान देशभर विस्तारको तयारी गरेका छन् भने केहीले सुरेन्द्र पाण्डेलाई अध्यक्षका रुपमा अघि सारेका छन् ।

एमाले केन्द्रीय सदस्य ईश्वरी जीएमले सामाजिक सञ्जालमा शाक्यको तस्बिर सेयर गर्दै भने ‘बेदाग, आदर्शशिल व्यक्तित्व अष्टलक्ष्मी शाक्य दिदी’ भनेकी छन्। उनले उनले एमालेमा हालसम्म बेदाग देखिएकी शाक्यलाई नेतृत्वमा अघि सारेर पार्टी पुनर्गठनको अभियान जनतामा लैजान खोजिएको बताइन् । ओली पार्टीमा मात्र होइन जनताको बीचमा पनि बिस्तारै अस्वीकार्य बन्दै गएका छन् ।

यस्तोमा इतरका नेताहरूले पार्टी पुनर्गठनको बहस थालेका हुन् । रचना खड्कालगायत नेताहरू पनि अभियानमा जोडिएका छन ्। अब ओलीको नेतृत्व प्रतिस्थापनको विकल्प नभएको नेताहरूको बुझाइ छ । जसका लागि अब पार्टीभित्रै र जनतामा पनि यो बहस चलाइने भएको छ ।

पार्टीभित्र पहिल्यैदेखि ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै विद्रोहसमेत गरिरहेकी शाक्य सर्वस्वीकार्य विकल्प हुने नेताहरूको बुझाइ छ। पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रवेश रोक लगाउने विषय होस् वा अध्यक्ष ओलीलाई आजीवन अध्यक्ष बनाउन हटाइएको २ कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय, शाक्यले विरोध गर्दै आइरहेकी छन् ।

शाक्यको बेदाग व्यक्तित्व र निडर स्वभावका कारण इतरका साथै संस्थापन पक्षको पनि साझा नेता बन्ने क्षमता रहेको नेताहरू बताउँछन् ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी संस्थापन नेतृत्वलाई ‘ब्रेन वास’ गरेर पार्टी हाइज्याकको प्रयास नगर्न चेतावनी दिएका छन् । उनले महासचिव शंकर पोखरेललगायत नेताहरुलाई लक्षित गर्दै खुला समीक्षाका लागि तत्काल पार्टी फोरम आयोजना गर्न चुनौतीसमेत दिएका छन् ।

पछिल्लो समय पार्टी नेतृत्व र संस्थापनको गतिविधिप्रति निरन्तर प्रखर आलोचकका रूपमा प्रस्तुत भइरहेका बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको कोर टिमप्रति पनि व्यंग्य गर्दै आएका छन् । ‘नीति र विधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वतः हुन्छ । ब्रेन ड्रेन, ब्रेन वासपछि ब्रेन हाइज्याक प्रयास नगर। बरु खुला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्